७ स्वर्ण, ६ रजत र २ कास्य सहित रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा दोश्रो स्थान त्रिभुवन माविलाई
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0219-Copy-Copy-1140x570.jpg)
मेलुङ गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मेलुङ गाउँपालिकाको आयोजना र त्रिभुवन मावि मेलुङ को व्यवस्थापनमा मेलुङ ६ टुडिखेलमा खेलप्रेमी दर्शकको भब्य उपस्थित बीच आदरणीय नेता बर्मा लामाको प्रमुख आतिथ्यतामा सप्पन्न गरिएको छ । यस खेललाई भव्य, अनुसासित बनाउनको लागि रचनात्मक र क्रियाशील भै लाग्नुहुने प्र.अ. तथा खेल शिक्षकहरु, निर्णायकहरु, खेलाडीहरुप्रति हार्दिक आभार सहित विशेष धन्यवाद । साथै विद्यालयलाई ७ स्वर्ण,६ रजत र २ कास्य सहित समग्रमा दोश्रो बनाउन अथक मेहनत गर्नुहुने शिक्षकहरू, खेलाडी विद्यार्थीहरू, विव्यस, अभिभावक, सुबेच्छुक शुभ चिन्तकहरुमा हार्दिक धन्यवाद।
१२ बिधामा प्रतिस्पर्धा भएको यो खेलमा ११ वटा माबिको सहभागीता रहेको थियोे ।
जसमा
प्रथम डाडाखर्क मा बि मेलुङ ५
-स्वर्ण १०
-रजत ३ र
– कास्य ३ ( जम्मा १६ )
दितिय श्री त्रिभुवन मा बि मेलुङ ६
– स्वर्ण ७
– रजत ६ र
– कास्य २ ( जम्मा १५ )
तृतीय लक्ष्मी मा बि मेलुङ ३
– स्वर्ण ३
– रजत ६ र
– कास्य 0 ( जम्मा ९)
चौथो/ सान्तोना : श्री सत्यश्वर मा बि, मेलुङ १ पवटी
– स्वर्ण ३
– रजत ३ र
– कास्य ४ ( जम्मा १०)
प्रथम हुने बिध्यालयलाई रु २०,००० दितिय बिध्यालयलाई रु.१५,००० तृतिय बिध्यालयलाई रु. १०,००० सान्तोना बिध्यालय रु.५,००० र ट्रफी प्राप्त गर्नु भएको छ भने सबै बिधामा प्रथम, दितिय र तृतिय हुने प्रत्यक बिद्यार्थीलाइ क्रमश रु ५००, रु.३०० र रु. २०० मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
भलिबल छात्रा र छात्र तर्फ प्रथम, दितिय, तृतिय र सान्तोना हुने टिमलाई क्रमश : रु. १०,०००, ७,०००, ५,००० र ३००० प्रमाण पत्र ट्रफिक र मेडल प्रदान गरिएको छ । भलिबलको विभिन्न ६ बिदा ट्रफिक र मेडल समेत प्रदान गरेका छ।
अन्त्यमा :
मेलुङ गाउपालिका द्धारा आयोजित दोस्रो रनिङ सिल प्रतियोगिता भब्य र शभ्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहभागी बिध्यालयका प्रअ, खेलशिक्षक, बिद्यार्थिहरु, त्यसतै मेलुङ गापाको शिक्षा शाखा तथा सम्पुर्ण गापा टिम, सुरक्षा निकाय, प्रत्रकार महासंघ अध्यक्ष लगाएत सम्पुर्ण पत्रकार मित्र विशेष धन्यबाद ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0219-Copy-Copy-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0217-Copy-Copy-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0183-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0014-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0148-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0619-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/02/DSC_0845-1024x683.jpg)