![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/08/received_948707669576401-1140x570.jpeg)
वालवालिकाको पहिलो विद्यालय घर र पहिलो शिक्षक आमा बाबु हुन । वालवालिकाहरुको घरबाट संस्कार सिकाइको सुरुवात हुने गर्दछ । अहिलो सवै अभिभावकलाई बालवालिकाको शक्षिक अवस्था राम्रो बनाउनु पर्छ भन्ने चिन्ता र चासो छ तथापी बालवालिकाको शैक्षिक विकासको लागि गर्नुपर्ने कुराहरुको जानकारी कम पनि भएको हुनसक्छ र त्यसको जानकारी दिने उद्देश्यले त्रिभुवन माध्यमिक विद्यालयले २ दिने अभिभावक भेला गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/08/received_948707669576401-1024x768.jpeg)
त्रिभुवन माविका पूर्व विद्यार्थी तथा हनुमन्तेश्व माविका पूर्व प्रधानाध्यापक गोपालध्वज श्रेष्ठको सहजिकरणमा सञ्चालन भएको उक्त कार्यक्रममा वालवालिकाको चौतर्फी विकास गर्न घरमा आमा बाबुले दिने समय, बालबाललिकाको अगाडी गर्ने व्यवहार, बालिने बोलि, खानपिन, सरसफाई, वाल स्याहार विधि, अनुसासन पद्धती र वाललालिकाको आवश्यक्ता पूर्तिको लागि अभिभावकको भुभिका लगाएतका विषयमा छलफल तथा प्रशिक्षण भएको थियो ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/08/received_2012975935749488-1024x768.jpeg)
उक्त कार्यक्रमको अन्तमा अभिभावकबाट हालसम्म बालबालिकाको शैक्षिक विकासमा गरिएका काममो समिक्षा गर्दै अब बालबालिकाको शैक्षिक विकासको निम्ति घरमा र विद्यालया समय तालिका बनाएर समय दिने, बालबालिकालाई घरका क्रियाकलापमा सहभागी गराउने, बालबालिकाको स्वस्थ्य र सरसफाइमा विशेष ध्यान दिने, बालबालिकाका शैक्षिक आवश्यकता पुरा गरिदिने र बालबालिकाको शैक्षिक विकासको निम्ति विद्यालयलाई समेत समय नियमित रुपमा उपलब्ध गराउने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न भएको छ ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/08/IMG20230801132744-1024x578.jpg)
त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट समेत सुझाव लिई शैक्षिक सुधारको निम्ति बालबालिका र शिक्षकले गर्नु पर्ने कार्यहरुको सुचि बनाई कार्यन्वयनको लागि योजना निर्माण कार्य सम्पन्न गरिएको छ ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/08/received_667089425458730-1-1024x768.jpeg)