त्रिभुवन मावि दोलखा
२०८०/११/०३
विविध जात, धर्म, सस्कृतीमा बनाइने खानाका परिकार बनाउने सीप हस्तान्तरण गर्ने र खानालाई सवै विद्यार्थीलाई चिनाउने उद्देश्यका साथ विद्यालयको वार्षिक क्यालेण्डरमा राखिएको कार्यक्रम विद्यार्थीको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।
कक्षा ४ देखि कक्षा १२ सम्मका बालवालिकाको सहभागिता र सक्रियतामा पन्ध्र परिकारको खाना निर्माण गरिएको थियो । खानाका परिकारहरुमा नेवारी सस्कृत एवंम् पर्वमा प्रयोग हुने यमरी, तामाङ समुदायमा प्रयोग हुने प्रतलित रोटी, खाप्सी, सेलरोटी तरकारी, गुन्द्रकको अचार, खिर, पकौडा, आलु, आलुको अचार परौठा लगाएतको परिकार थिए । उक्त परिकारहरु निर्माणमा विद्यार्थीहरुको समुह विभाजन गरि उनिहरुलाईनै पकाउन लगाइएको थियो ।
कार्यक्रममा विव्यसका पदाधिकारीहरु, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सास्कृतिक भेषभुषा समेत प्रदर्शन गरेका थिए ।
यस कार्यक्रम मार्फत विद्यार्थीहरुमा Junk Food लाइ निरुत्साहित गरि मौलिक खानाको प्रयोगलाई जोड दिने , जातीय परिकारहरुको पहिचान, ब्यबहारिक सीप, सहकार्य र सहयोगी सीप, ब्यस्थापकिय सीपको शिक्षा प्रदान गर्दै बिभिन्न बिषयसँग सम्बन्धित प्रतिवेदन लेखनको विकासमा जोड दिइएको थियो ।
सरस्वती पुजाको दिन आयोजित उक्त कार्यक्रममा पैयाखेत देवीको दर्शन गरि विद्यालयमा समेत बिधिबत रुपमा सरस्वती पुजा सम्पन्न गरिएको छ .