![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0186-1140x570.jpg)
मेलुङ गाउँपालिकाकाे आयोजना तथा त्रिभुवन मावि मेलुङ काे व्यवस्थापनमा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी तथा त्रिभुवन मावि मेलुङ काे विषयगत सामग्री प्रदर्शनी सम्पन्न भएको छ । मेलुङ गाउँपालिका वडा नं छ काे वडाध्यक्ष एवम् बिब्यस सदस्य कुसुम लामाको अध्यक्षता, गाउँपालिका अध्यक्ष हिरा थोकर काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका इकाई प्रमुख संकरबाबु श्रेष्ठ, पूर्व विव्यस अध्यक्ष रवीन्द्र कुमार कार्की, पत्रकार महासंघ दोलखाको सचिव दिल बा. केसी र पत्रकार बुना घिमिरेको उपस्थिति रहेको थियो ।
विज्ञान प्रदर्शनीको निर्णायकमा सुन्दर खड्का र सिताराम न्यौपाने रहनुभएको थियो । उक्त विज्ञान प्रदर्शनी कार्यक्रममा ५ ओटा विद्यालयको सहभागिता रहेको थियो जसमा
– त्रिभुवन मावि प्रथम
– भीम मावि धनूके द्वितीय
– भीम मावि बुद्धचोक तृतीय भएका छन् ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0361-1024x683.jpg)
२०७९ मा पनि पालिका जिल्ला हुँदै बागमती प्रदेश प्रथम हुन सफल यस विद्यालय पुनः फागुन १८ गते शिक्षा विकास तथा समन्वय इकाई दोलखाले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा थोकरले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनु भयो । विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख पनि गर्नु भयोे । ‘तपाईं विद्यार्थीहरु खोज अनुसन्धानमा लाग्नुहोस् पालिकाको तर्फबाट तपाईंहरुलाई सधैं साथ रहन्छ,’ अध्यक्ष ठोकरले भन्नु भयो, ‘प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुन्छन् । आफैं स्वरोजगार पनि हुन सकिन्छ ।’
प्रदर्शनीले विद्यार्थीहरुबीच अन्तरविद्यालय ज्ञान तथा सिप आदानप्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै उपाध्यक्ष गायत्री आचार्यले आगामी दिनमा प्रदर्शनीहरुलाई थप प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने बताउनु भयो । यसको लागि पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । विद्यार्थीले आफै बनाउँदा धेरै कुरा अध्ययन गर्नुपर्छ । र त्यसलाई व्यवहारमा उतार्दा उसमा विज्ञता हासिल हुन्छ’– उहाँले भन्नुभयो– ‘व्यवहारिक सिकाइका लागि विज्ञान कला प्रदर्शनी एउटा माध्यम बन्न गएको छ । यसलाई निरन्तरता दिनु पालिका र विद्यालयको दायित्व भएको बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका इकाई प्रमुख शकरबाबु श्रेष्ठले विद्यार्थीको सहभागितामा नै रचनात्मक अभ्यासहरु गर्नु पर्ने बताउदै यस्ता कार्यक्रमहरुले विद्यार्थीमा सिकाइ अभिवृद्धि भएको बताउनु भयो । विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्न अनुरोध गर्नु भयो । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उहाँले भन्नु भयो ।
विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष रवीन्द्र कुमार कार्की, विद्यालयका प्रधानाध्यापक सन्तोस श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा त्रिभुवन मावि मेलुङले आफ्ना विषयगत सामग्री समेत प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीद्वारा बनाइएका विविध सामग्रीहरू अतिथीहरुले किनिदिएर विद्यार्थीहरुलाई थप प्रोत्साहित समेत गरिएको थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने पदाधिकारी, शिक्षक पत्रकार लगाएतले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका छन् ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0179-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0181-1-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0184-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0185-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0187-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0189-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0191-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0199-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0243-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0273-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0291-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0371-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0268-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0270-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0304-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0322-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0326-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0332-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0344-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0367-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2024/02/DSC_0369-1024x683.jpg)