मेलुङ गाउपालिका अन्तर्गत सन्चालित सामुदायिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक र कक्षा ८,९ र १० मा अध्यनरत १ /१ जना विद्यार्थी र नव निर्वाचित पालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षहरुको उपस्थितिमा मेलुङ गाउपालिकाको सिकाइ योजना र विद्यालयहरुले गरेका असल अभ्यास आदान प्रदान गर्ने कार्य सम्पन्न गरेको छ . उक्त कार्यक्रममा बिभिन्न विद्यालयले गरेका असल अभ्यासहरू प्रध्यानाध्यापकहरुबाट प्रस्तुत गर्नु भएको थियो . त्यस्तै बिव्यस अध्यक्षहरुले समेत बिद्यालयमा बिब्यसको भूमिका र विद्यालयका समस्याहरु प्रस्तुत गर्नु भएको थियो .
उक्त कार्यक्रममा नव निर्वाचित मेलुङ गाउपालिकाको अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामाना दिने कार्य समेत गरिएको थियो .
कार्यक्रममा अध्यक्ष हिरा कुमार थोकरले आगमी बजेट तथा आफ्नो ५ बर्षे कार्यकालमा शिक्षालै नै प्राथमिकतामा राखेर कार्य गर्ने र सोही अनुसार बजेटको समेत ब्यबस्थापन गर्ने कुरा ब्यक्त गर्नु भएको छ . उक्त कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले आफ्नो भनाइ राख्नु भएको थियो .