शिक्षक रुपान्तरण मार्फत शैक्षिक रुपान्तर भन्ने मान्यताका साथ अगाडी बढिरहेको त्रिभुवन माविमा शिक्षण सिकाईलाई वालमैत्री, प्रभावकारी सिकाई वातारण र प्रभावकारी शिक्षण गर्नको लागि पौष ७ गते देखि पौष १० सम्म ४ दिने क्रियाकलापमा अधारित सिकाई कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजिकरण ख्यातिप्राप्त सिकाई सहजकर्ता अर्जुन भट्ट र कमला भट्टद्धारा भएको थियो उक्त कार्यक्रममा छिमेकी विद्यालयका शिक्षकहरु सहित ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम शिक्षणसिकाईलाई प्रभावकारी बनाउने क्रियाकलापहरु र शैक्षिक सामाग्री निर्माणमा केन्द्रित थियो । उक्त कार्यक्रमको उद्घाटन मेलुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष एवम विव्यस सदस्य कुशुम लामाले गर्नुभएको थियो भने समापन मेलुङ गाउँपालिकाको उपाध्यक्ष गायत्रि आचार्यले गर्नुभएको थियो ।
यसै कार्यक्रम सँगै बालबालिकाको सिकाइमा अभिभावकको महत्वपुर्ण भुभिका हुने कुराको जानकारी गराउने उद्देश्यले अभिभावकको निम्ति आवास सिकाइ सम्बन्धि एक दिने तालिम समेत प्रदान गरिएको छ ।