त्रिभुवन डान्स स्टारको उपाधि कक्षा ५ की छात्रा खुसी श्रेष्ठ र सिङ्गिङ स्टारको उपाधी कक्षा २ की छात्रा रेविका श्रेष्ठलाइ ।
- By. Tribhuwanschool
- Category News
- View Count. 0
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0956-1140x570.jpg)
मेलुङ्ग
बालबालिकाको प्रतिभाको पहिचान गर्दै प्रतिभा निखार्ने र भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा डान्स स्टारकाे प्रतिस्पर्धाको लागि ६४ जना विद्यार्थीहरु सहभागी भएका थिए । जेठबाट सुरुवात गरिएको उक्त कार्यक्रममा विद्यालयले बनाएको नियमानुसार विभिन्न चरण पार गर्दै छैटौं चरणमा आइपुग्दा मुख्य ४ प्रतिस्पर्धीको छनोट भएको थियो जसमा कक्षा १० की छात्रा अनुजा लामा, कक्षा ९ की छात्रा रोजिना श्रेष्ठ, कक्षा ८ की छात्रा सुमिता श्रेष्ठ र कक्षा ५ की छात्रा खुसी श्रेष्ठ । डान्स स्टार तर्फ Top 4 मा पुगे पछि भोटिङको आधारमा स्टार घोषणा गर्ने कार्यक्रम राखिएकोमा सबै भन्दा धेरै भोट प्राप्त गरी कक्षा ५ की छात्रा खुसी श्रेष्ठ त्रिभुवन डान्स स्टारको उपाधी प्राप्त गर्न सफल भएकी छिन् ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0956-1024x683.jpg)
त्यस्तै डान्स स्टार तर्फ 1st Runner up काे उपाधि कक्षा १० की छात्रा अनुजा लामा ले प्राप्त गरिन् भने क्रमश 2nd Runner Up र 3rd Runner Up काे उपाधी कक्षा ९ की छात्रा रोजिना श्रेष्ठ र कक्षा ८ की छात्रा सुमिता श्रेष्ठले प्राप्त गरिन् ।
साथै त्रिभुवन सिङ्गिङ स्टारकाे प्रतिस्पर्धाको लागि ३६ जना विद्यार्थीहरु सहभागी भएका थिए । जेठबाट सुरुवात गरिएको उक्त कार्यक्रममा विद्यालयले बनाएको नियमानुसार विभिन्न चरण पार गर्दै छैटौं चरणमा आइपुग्दा मुख्य ४ प्रतिस्पर्धीको छनोट भएको थियो जसमा कक्षा ९ की छात्रा रसिला मोक्तान , कक्षा ९ की छात्रा मोनिका श्रेष्ठ श्रेष्ठ, कक्षा ५ को छात्र स्वर्णिम थापा र कक्षा २ की छात्रा रेबिका श्रेष्ठ । सिङ्गिङ स्टार तर्फ Top 4 मा पुगे पछि ५०% भोटिङ र ५०% निर्कोणायकको निर्णयको आधारमा स्टार घोषणा गर्ने कार्यक्रम राखिएकोमा सबै भन्दा धेरै भोट र निर्णायकको निर्णयको आधारमा कक्षा २ की छात्रा रेबिका श्रेष्ठ त्रिभुवन सिङ्गिङ स्टारको उपाधी प्राप्त गर्न सफल भएकी छिन् ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0956-1024x683.jpg)
त्यस्तै सिङ्गिङ स्टार तर्फ 1st Runner up काे उपाधि कक्षा ५ को छात्र स्वर्णिम थापा ले प्राप्त गरे भने क्रमश 2nd Runner Up र 3rd Runner Up काे उपाधी कक्षा ९ की छात्रा रसिला मोक्तान र कक्षा ९ की छात्रा मोनिका श्रेष्ठले प्राप्त गरिन् ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0905-1024x683.jpg)
त्रिभुवन डान्स स्टार र सिङ्गिङ स्टारलाई शिल्ड, मेडल र रु १०,०००/- पुरस्कारले सम्मान गरिएको छ भने, 1St Runner Up, 2nd Runner up र 3rd Runner Up लाई मेडल र क्रमस रु २५००/-, रु२०००/- र रु १५००/- पुरस्कारको व्यवस्था गरिएको थियो ।
विजया दशमीको शुभकामना आदानप्रदान तथा त्रिभुवन डान्स स्टार र सिङ्गिङ स्टार घोषणा कार्यक्रमको अध्यक्षता विव्यस सदस्य श्रीराज पोख्रेलले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष हिरा थोकर र विशेष अतिथि उपाध्यक्ष गायत्री आचार्य काे आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक पक्षको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस्तै पालिका अध्यक्ष हिरा थोकरले घोषित सम्पूर्ण विद्यार्थीलाई सम्मान गर्दै आफूले पनि विद्यार्थीहरुको क्षेतमाको कदर गर्दै प्रोत्साहन स्वरूप व्यक्तिगत रूपमा नगदले सहयोग गर्नु भएको थियो त्यस्तै विव्यस् सदस्य सुमित्रा कार्कीले समेत नगद पुरस्कारले सम्मान गर्नु भएको थियो ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0912-1024x683.jpg)
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, वडा नं ७ का वडाध्यक्ष नबराज खड्का आजादी माविका बिव्यस् अध्यक्ष वैकुण्ठ भण्डारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै यस कार्यक्रममा सहजीकरण र निर्णायकको भूमिका विष्णुराज गुरुङ, शिक्षक गोविन बराल र शिक्षक शारदा शेडाइले गर्नुभएको थियो ।
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0891-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0976-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0963-1024x683.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0963-scaled.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0963-scaled.jpg)
![](https://tribhuwanschool.edu.np/wp-content/uploads/2023/10/DSC_0963-scaled.jpg)