“ शिक्षक रुपान्तरण मार्फत शैक्षिक रुपान्तरण”
प्रचलित शिक्षा ऐन, नियम र विद्यालयको विनियम बमोजिम कार्य गर्न प्रतिवद्ध छाँै ।
बालबालिकाको उमेर, तह, क्षमता र रुचिलाई ख्याल गर्दै उक्त उमेर वा तहमा सिक्नु पर्ने सिकाई उद्देश्य पुरा गरेरै छोड्छौँ ।
क्रियाकलापमा आधारित दैनिक पाठयोजना तयार गर्छाँै । विषयवस्तुको पूर्ण तयारी गरेर मात्रै कक्षाकोठामा प्रवेश गर्नेर्छौँ ।
प्रत्येक सिकाई उद्देश्य पूरा गर्न आवश्यक पर्ने शैक्षिक सामाग्रीको निर्माण गर्छौँ । सामाग्रीको प्रभावकारी प्रयोगबाट विद्यार्थी केन्द्रित शिक्षण गर्नेर्छौँ ।
प्रत्येक पिरियडमा सिकाईसँग सम्बन्धित रमाइलो क्रियाकलाप गराउनेछौँ ।
बालबालिकाहरुको सिकाई उपलब्धि निरन्तर मूल्याङ्कन विधि अनुसार गर्छौँ । प्रत्येक दिन हरेका पिरियडमा क्यास वुक भर्नेर्छौँ ।
प्रत्येक ३÷३ महिनामा बालबालिकाहरुलाई उत्कृष्ट सिकाई उपलब्धि हासिल गराउने लक्ष राख्छौ र त्यसको जिम्मेवारी लिन्छौ र जवाफदेही हुनेछाँै ।
बालबालिकाहरुलाई उच्च सम्मान सहित दया, माया, करुणाको भाव राखी उनीहरुलाई खुशी राख्न तदनुरुपको आचरण र व्यवहार गर्नेर्छौँ ।
अभिभावकहरुलाई उच्च सम्मान गर्दै उहाँहरुको भावनाको कदर गर्नेर्छौँ ।
बालबालिकाहरुको पुर्ण सुरक्षा सम्बन्धिको वातावरण बनाउनेछौँ ।
विद्यालय परिवार, विद्यालय र विद्यालय नमुना बनाउने अभियान सम्बन्धमा सकारात्मक अभिव्यक्ति दिदै भ्रम सृजना गर्ने गराउने अभिव्यक्ति दिदैनौँ ।
आफ्नो पेशागत क्षमताको विकास गर्न काबुबाहिरको परिस्थिति बाहेक साझ,विहान, विदा, पर्व केहि नभनी संस्थाको हितमा कर्मशिल रहनेछौँ ।
विद्यालय र बालबालिकाको उज्वल शैक्षिक भविष्य निर्माणमा अरुले भने पछि मात्र हैन आफै रचनात्मक कार्य गर्नेर्छाँै ।
कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य नियमित शुद्धसँग परीक्षण गर्छौ ।
विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि पठनपाठन एवं शैक्षिक गतिविधिमा मात्र केन्द्रित हुनेछौ ।
विद्यालय सम्पतिको पूर्ण रुपमा सुरक्षा गर्नेछौ ।
विद्यालय प्रशासन, शिक्षक, कर्मचारी विचको सम्बन्धलाई समान र सुमधुर राख्नेछौ ।
हामी राष्ट्रकै नमुना शिक्षक बन्दै छौ । हामी हरेक काम फरक तरिकाले गर्नेछौ, हामी माहान शिक्षा कर्मी हौँ भन्ने उच्च मनोभावनाका साथ विद्यालय प्रवेश गर्नेर्छाँै ।
पेशागत जीवनमा व्यक्तिगत रुपमा, पारिवारिक रुपमा, सामाजिक रुपमा र संस्थागत रुपमा थुप्रै चुनौतिहरु आउदा पनि त्यसवाट पन्छिने वा वाहना बनाउनुको सट्टा योजना बनाउछौ, समस्या सृजना गर्ने पात्र बन्दैनौ बरु समस्या समाधानको पात्र बन्छौ ।
कर्ममा नै अस्तित्व देख्ने छौ, पेशालाई नै प्रधान ठान्ने छौ, आफ्नो कर्मथलोलाई नै राष्ट्रकै नमुना विद्यालय बनाउदा आफ्ना व्यक्तिगत तथा पारिवारिक आवश्यकता पूरा हुने गहिरो विश्वास लिन्छौ ।
विद्यालय हाताभित्र सुर्तिजन्य पदार्थ र मादकपदार्थको प्रयोग गर्दैनौ र विद्यालय वाहिर समेत सार्वजनिक ठाउमा लिने छैनौ ।
शिक्षणमा प्रविधि (कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट सामग्री, मोबाइल) को प्रयोग गरि शिक्षणलाई प्रभावकारी बनाउने छौ ।
वैयक्तिक भिन्नतामा आधारित सहयोगात्मक शिक्षण गर्नेछौ र विशेष आवश्यकता भएका एक बालबालिका आफुले जिम्मा लिई आवश्यक सहयोग गर्नेछौ ।
शिक्षणमा आइपरेका समस्या समाधानको लागि नियमित कार्यमुलक अनुसन्धान गरि समस्या समाधान गर्दै आफुलाई एक अनुसन्धान कर्ता र समस्या समाधान कर्ता बनाउने छौ ।
समय समयमा विद्यार्थीको आन्तरिक परीक्षा लिई त्यसको नतिजा जानकारी सहित सुधारको लागि विद्यार्थीलाई पृष्ठपोषण दिनेछौ, प्रश्नपत्र निर्माणमा विशिष्टीकरण तालिका प्रयोग गर्नेछौ ।धन्यवाद ।